दैलेखको नगरपालिकाले भर्खरै बामे सर्ने अवस्थामा पुगेको छ । घोषणाको पहिलो बर्षमै गर्नुपर्ने विभिन्न गतिविधिहरु १६ औं नगरपरिषदबाट बल्ल घोषणा गर्दैछ । त्यसलाई पनि सवैले धन्यवाद दिनुपर्ने बेला आएको छ । नगरभित्रैका विभिन्न सम्पदाहरुको संरक्षण र त्यसको प्रर्वद्धनतर्फ सवै अगाडी बढ्नुपर्ने देखिएको छ ।
अव सवै कुराले नगरपालिकालाई अगाडी बढाउनका लागि मुख्य गरि दुईवटा कुराहरुलाई बिशेष गरि उठान गर्नुपर्ने देखिएको छ र नगरपरिषदबाट पनि त्यसको सुरुवात गरिएको छ । आगामी बर्षदेखी नगरपालिकाले ल्याएको घरपार्क अभियान लाई सवैले मिलेर अगाडी बढाउन सक्यौ भने अर्को नयाँ शहरको समेत विकास हुन सक्ने संभावना बढेको देखिन्छ ।
घरपार्क सँगै आगामी बर्षलाई विद्युतिकरण, नारायण उज्यालो कार्यक्रम, शून्य फोहोर को अवधारण लगायतका बिषयहरुलाई पहिलो मुद्धाको रुपमा अगाडी बढाउन सकेमा मात्र नगरपालिका दैलेख सम्पन्न हुन सक्ने देखिन्छ ।
न्यून आम्दानी भन्दै पछाडी हट्नु भन्दा नगरपालिकाले नयाँ योजनाहरु लागु गर्ने र त्यस्ता योजनाहरुका लागि नगरवासिहरुले समेत प्रत्यक्ष सहयोग गर्ने बातावरण बनेको खण्डमा दैलेखको नारायण नगरपालिकालाई सम्पन्न बनाउन सकिन्छ । बाहिरवाट आएकाहरुलाई चाकडी गर्ने र जिल्लाकै महत्वपुर्ण व्यक्तित्वहरुलाई विभिन्न बाहनामा जिल्लामा बस्न नसक्ने बतावरणको अन्त्य नगरेसम्म दैलेख र जिल्लावासिहरु सम्पन्न हुन नसक्ने देखिन्छ ।





